
काठमाडौं । सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिन स्वीप गरेको छ ।
अध्यक्ष, उपाध्यक्ष सहित सबै वडामा माओवादीले सानदार जित निकालेको हो । निम बहादुर केसी ४ हजार ४ सय ६४ मतसहित दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए। निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे ।
उपाध्यक्षमा जुना मल्ल ४ हजार ४ सय ६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसकी उषा चन्दलाई १ हजार ४ सय ५२ मतले पराजित गरेकी हुन्।











