Logo
Logo

भरतपुरमा रेनु १४५५ मतले अगाडि


1.5k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणमअनुसार मेयरमा रेनु दाहालले १ हजार ४ सय ५५ मतको अग्रता लिएकी छन् ।

२६ हजार ४ सय २६ मतगणना हुँदा माओवादी उम्मेदवार दाहालले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन् । उनको अग्रता फराकिलो बन्दै गएको छ ।

निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीको ८ हजार ८७ मत छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय १५ मत ल्याएका छन् । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ११ हजार ३ सय ८२ मतसहित अगाडि छन् ।

राप्रपाका हिमला गुरुङको ६ हजार ५ सय ९३ मत छ ।

प्रतिक्रिया दिनुहोस्