Logo
Logo

सुवास नेम्वाङले पनि गुमाए गृहनगर, इलाममा कांग्रेस विजयी


5.2k
Shares

काठमाडौं । इलाम सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा नेपाली कांग्रेस विजयी विजयी भएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार केदार थापा १३१६५ मतसहित विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धिरेनकुमार चेम्जोङ १०५८७ मत प्राप्त गर्दै पराजित भए ।

उपमेयर पनि कांग्रेसले नै जितेको छ । गठबन्धनकाबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी लिम्बू १३५४२ मतसहित निर्वाचित भए ।

नेकपा एमालेबाट उपमेयरका उम्मेदवार सीतादेवी रिजाल १००८८ मत प्राप्त गर्दै पराजित भए ।

इलाम नगरपालिका नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको गृहनगर हो । नेम्बाङले पनि आफ्नो गृहनगर गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्