Logo
Logo

रौतहटको दुर्गा भगवति गाँउपालिकाअध्यक्षमा माओवादीका सिंह


1.2k
Shares

रुपेन्द्र पटेल
रौतहट। रौतहटको दुर्गा भगवति गाँउपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका शम्भू सिंह निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष कांग्रेसका अरुण साहलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । उपाध्यक्षमा माओवादीकै शिला देवी विजयी भएकी छन् ।

नवनिर्वाचित अध्यक्ष सिंहले ४ हजार २ सय ४ मत प्राप्त गरे । प्रतिद्धन्दी साहले २ हजार ९ सय ८२ मत ल्याए ।

उपाध्यक्ष निर्वाचित शिला देवीले २ हजार ६ सय ७९ मत प्राप्त गरिन् । कांग्रेसका मन्जु देवी २ हजार ३ सय ५७ मतसहित पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस्