
काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्रका बज्रध्वज वाइबा विजयी भएका छन् ।
वाइबा ४ हजार ७ सय २९ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर वाइबाले ३ हजार ६ सय १६ मत पाए ।
यसैगरी उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङ निर्वाचित भए । उनले ५ हजार ७ सय ३ मत ल्याए । एमालेका निर्मला ठाडामगर २ हजार ८ सय ५५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनिन् ।











