Logo
Logo

सबै यातायातका साधानलाई विद्युतीकरण गरौँ : झलनाथ खनाल


2.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशका सबै यातायातका साधानहरुलाई विु्द्युतीकरण गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै नेता खनालले अबको नयाँ बजेटले देशका सबै यातायका साधानहरुलाई विजुलीकरण गरेर जानुपर्ने निति ल्याउनुपर्ने बताए ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिले देशको अर्थतन्त्रमा मार्का पुगेको भन्दै अव सरकारले यसको बैकल्पिक उपायहरु अपनाउनु पर्ने उनले बताए । ‘सबै यातायातका साधनहरुलाई विद्यतीकरण गर्रौ, र प्रत्येक यातायातका साधनहरुलाई विजुलीकरण गर्ने उपकरण सिस्टमहरु राख्ने व्यवस्था गरौँ । यति उनीहरुले सक्दैनन् भने विस्थापित गरौँ’, उनले भने, ‘नयाँ विद्यतीकरण गर्न सकिने खालका यातायातका साधनहरु मगाऔँ । यति यातायातमा मात्रै पनि विधुतीयकरण गर्न सकियो भने देशको वातावरण पनि सफा रहन्छ । देशको व्यापार घाटा पनि घटेर जान्छ ।’

प्रतिक्रिया दिनुहोस्