Logo
Logo

ताप्लेजुङमा कांग्रेसले जोगायो, माओवादीले थप्यो, एमालेले गुमायो


32.2k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ताप्लेजुङ जिल्लामा यसपटक नेपाली कांग्रेस मत जोगायो, नेकपा माओवादी केन्द्रले थपेको छ भने एमालेले जितको संख्या गुमाएको छ ।

ताप्लेजुङमा एक नगरपालिकासहित ९ पालिका छन् । जसमध्ये नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्र २ पालिकाको प्रमुख जितेको छ ।

उप्रमुख भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३–३ जितेको छ । त्यसपछि कांग्रेसले २ र एकीकृत समाजवादीले १ पालिकाको उपप्रमुख जितेको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका दिपेन्द्र पोमु अध्यक्ष र सान्ताकुमारी आङबुहाङ उपाध्यक्ष निर्वाचित भए ।

पाथिभर याङवरक गाउँपालिकामा पनि नेकपा एमालेका केशरकुमार सुब्बा अध्यक्ष र रनमाया गुरुङ उपाध्यक्ष निर्वाचित भए ।

फक्ताङलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका राजन लिम्बू अध्यक्ष निर्वाचित भए भने कांग्रेसका रबिन साम्रा लिम्बू उपाध्यक्ष निर्वाचित भएका छन् ।

फुङलिङ नगरपालिकामा नेपाली कांग्रेसका अमिर मादेन अध्यक्ष निर्वाचित भए भने नेकपा एमालेका भीमादेवी ओझा उपाध्यक्ष निर्वाचित भएका छन् ।

मिक्वाखोला गाउँपालिकामा नेपाली कांग्रेसका भक्तबहादुर कार्की अध्यक्ष निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका डण्डु शेर्पा लामा उपाध्यक्ष निर्वाचित भए ।

मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसका युक हाङवीर हाङगाम अध्यक्ष निर्वाचित भए भने नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद सेरेङ चोङबाङ उपाध्यक्ष निर्वाचित भएका छन् ।

मैवाखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम अध्यक्ष निर्वासचत भए भने नेपाली कांग्रेसका कमलकुमारी लिम्बू उपाध्यक्ष निर्वाचित भए ।

सिदिङवा गाउँपालिकामा नेकपा एमालेका मानबहादुर राई अध्यक्ष निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका कृष्णकुमारी कडरिया उपाध्यक्ष निर्वाचित भए ।

सिरिजङ्गा गाउँपालिकामा नेपाली कांग्रेसका लालकृष्ण चौहान अध्यक्ष निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रका चित्रकुमार लिम्बू उपाध्यक्ष निर्वाचित भएका छन् ।

कसले गुमायो, कसले थप्यो ?
अघिल्लो निर्वाचनमा ४ प्रमुख र २ उपप्रमुख जितेको कांग्रेसले यसपटक पनि ४ प्रमुख र २ उपप्रमुख जितेर आफ्नो मत सुरक्षित गरेको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले ५ प्रमुख र ५ उपप्रमुख जितेको थियो । तर, यसपटक भने ३ प्रमुख र ३ उपप्रमुख मात्र जितेको छ । यस आधारमा एमालेले २ प्रमुख र २ उपप्रमुख गुमाएको छ ।

अघिल्लो निर्वाचनमा माओवादीले ताप्लेजुङमा कुनै पालिका प्रमुख जितेको थिए । उपप्रमुख भने २ पालिकामा जितेको थियो । यसपटक भने माओवादीले २ प्रमुख र ३ उपप्रमुख जितेको छ । माओवादीले यसपटक २ प्रमुख र १ उपप्रमुख थपेको छ । नयाँ दल नेकपा एकीकृत समाजवादीले पहिलो पटकको निर्वाचनमै एक उपप्रमुख जितेको छ ।

यसरी हेर्दा ताप्लेजुङमा कांग्रेसले जोगायो, एमालेले गुमायो, माओवादीले थपेको छ ।

प्रतिक्रिया दिनुहोस्