Logo
Logo

उपमहानगरमा माओवादीको पहिलो जित, एमालेलाई हराउँदै राजन पौडेल बने प्रमुख


77.6k
Shares

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । माओवादी केन्द्रले उपमहानगरपालिकामा पहिलो जीत निकालेको हो ।

पौडेल १८ हजार ७ सय ४३ मतसहित विजयी भएका हुन् । एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन् ।

पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए । त्यसबेला माओवादी केन्द्रले १० वडा जितेको थियो ।

यस्तै उपप्रमुखमा भने एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले गठबन्धनकी साझा उम्मेदवार मेघा शाहीलाई पराजित गरे

प्रतिक्रिया दिनुहोस्