Logo
Logo

कांग्रेसको पकड क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी


945
Shares

काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका हुन् ।

उनले ४ हजार ९ सय ३ मत प्राप्त गरी नेपाली कांग्रेसका बन्सराम बडायकलाई १ हजार ५ सय ३५ को मतान्तरमा निर्वाचित भए । अध्यक्षमा पराजित कांग्रेसका बडायक थारुले ३ हजार ३ सय ६८ मत ल्याए ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् । उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरेका छन् ।

थारु बाहूल्य जनसंख्या भएको क्षेत्रमा कांग्रेसको पकड क्षेत्रको रुपमा चिनिएको जोशीपुरमा नागरिक उन्मुक्ती पार्टीको पहिलो जित हो । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

जोशीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीमबहादुर बमले ३ हजार १ सय ८९ प्राप्त गरेको छ भने एमालेका उम्मेदवार केशरबहादुर डगौरा १ हजार २ सय ९६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्