Logo
Logo

विराटनगरको मेयरमा नागेशको अग्रता कायमै


1.3k
Shares

काठमाडौं । विराटनगर महानगरपालिकामा ५९ हजार ८ सय ३० मतगणना सम्पन्न भएको छ ।

जसमा मेयर उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले १९ हजार १ सय ७३ मतसहित अग्रता लिइरहेका छन् । एमालेका सागर थापा १४ हजार ३ सय ३८ प्राप्त गर्दै दास्रो स्थानमा छन् ।

उपमेयरमा एमालेका शिल्पा कार्की अगाडि छन् । उनले १६ हजार ७ सय ५२ प्राप्त गरेकी छन् ।

जसपाका अमरेन्द्र यादवले ९ हजार ८ सय १५ मत ल्याएर कार्कीलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्