
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो बन्दै गएको छ ।
पछिल्लो परिणामअनुसार उनले ३ हजार १ सय २६ मतले एमालेका विजय सुवेदीलाई पछाडि पारेकी छन् । ४० हजार ९ सय ६३ मततणना सकिँदा रेनुले १५ हजार ५ सय १३ र सुवेदीले १२ हजार ३ सय ८७ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत पाएका छन् । यसैगरी उपमेयरमा चित्रसेन अधिकारीले १७ हजार ९ सय ७० मतसहित अगाडि छन् ।
उपमेयरको अर्का प्रत्यासी राप्रपाकी हिमला गुरुङले ९ हजार ९ सय ६१ मत पाएकी छन् ।











