
काठमाडौं । अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपैयाँ बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक नगरपालिका–२ का ३३ वर्षीय धीरेन्द्र जैसी छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो ।
उनको साथबाट ३४९.७ सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।











