Logo
Logo

मतपेटिका शिल तोडिएको भेटिएपछि…


3k
Shares

काठमाडौं । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को एउटा मतपेटिका शिल तोडिएको अवस्थामा भेटिएपछि मतगणना रोकिएको छ । लुम्बिनी वाणिज्य क्याम्पस केन्द्र (च) २ नं. मत पेटिकाको एउटा शिल खोलिएको भेटिएपछि विवाद भएको हो ।

सो मतपेटिका सँगै स्वस्तिक छाप पनि भेटिएपछि मतगणना अहिले त्यहाँ मतपेटिका रोकिएको छ । उपमहानगरका अन्य वडाहरू ८ , ९ र १० मा मतगणना जारी रहेको छ ।

बुटवलमा नेपाली कांग्रेसले मेयरमा अग्रता बनाइरहेको छ । उपमेयरमा एमाले अगाडि रहेको छ । वडा नम्बर ११ नगरपालिका सबैभन्दा धेरै मतदाता भएको ठाउँ हो । विवादपछि सर्वदलीय बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्