
काठमाडौं । सिरहाको सखुवानन्कारकट्टि गाउँपालिका अध्यक्षमा नेकपा एकिकृत समाजवादीका केदार यादव निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका सत्रुधनप्रसाद साहलाई २६ मतान्तरले पराजित गर्दै यादव विजयी भएका हुन् । यादवले ३ हजार ४ सय ७ र साहले ३ हजार ३ सय ८१ मत ल्याए।
उपाध्यक्षमा नेपाली कांग्रेसका निलम यादव विजयी भइन् । उनले ३ हजार ४ सय ६२ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका प्रमिला यादवले ३ हजार २ सय २६ मत पाइन् ।











