Logo
Logo

धनकुटामा एमालेको किल्ला मात्र ढलेन, सर्वस्व गुम्यो


34.1k
Shares

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो ।
तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा २०७४ को निर्वाचनमा एमलेले सबै पालिकामा प्रमुख र उपप्रमुख जितेर एकछत्र राज गरेको थियो ।
तीन दशकयता निर्वाचन जित्दै एमालेले धनकुटामा ‘लाल किल्ला’ नै बनाएको थियो । तर, यसपटक भने ३ पालिकामा खुम्चेको एमालेले सर्वस्व गुमाएको छ ।

अघिल्लोपटक शून्यमा रहेको कांग्रेसले यसपटक ४ प्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्रले १ उपप्रमुख जितेको छ ।
कुन पालिका कसले जिते ?
चौबिसे गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार राजकुमार लिम्बू निर्वाचित भए भने उपाध्यक्षमा एमालेकै उम्मेदवार टंकमाया पाङमी निर्वाचित भए ।
छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छत्रबहादुर सुब्बा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गीता गुरुङ विजयी भए ।
धनकुटा नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको छ । चिन्तन तामाङ मेयर र भीमादेवी खनाल उपमेयर निर्वाचित भए ।
पाख्रिबास नगरपालिकाको मेयरमा कांग्रेसका ज्ञानबहादुर गुरुङ र उपमेयरमा एमालेका नम्रता गौतम निर्वाचित भए ।
महालक्ष्मी नगरपालिकाको मेयर ध्रुवराज राया र उपमेयर एमालेका मञ्जुकुमारी कार्की निर्वाचित भए ।
सहिदभूमि गाउँपालिकामा एमालेका मनोज राई अध्यक्ष र एमालेकै रत्नश्वरी राई उपाध्यक्ष निर्वाचित भए ।
साँघुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र राई अध्यक्ष र एमालेका मुना राई उपाध्यक्ष निर्वाचित भए ।
कुन दलले गुमाए, कुन दलले थपे ?
२०७४ र २०७९ सालको स्थानीय निर्वाचनलाई हेर्दा धनकुटामा एमालेले सर्वस्व नै गुमाएको छ ।

संघीयतापछिको पहिलो निर्वाचनमा फराकिलो अन्तरमा सबै पालिका जितेको एमालेले यसपटक ४ पालिका प्रमुख र १ उपप्रमुख गुमाएको छ । अघिल्लोपटक शून्य रहेको कांग्रेसले ४ पालिका प्रमुख थपेको छ भने माओवादीले १ उपप्रमुख थपेको छ ।

अहिले एमालेले जितेका पालिकामा कांग्रेस र माओवादीका उम्मेदवार झिनो मतान्तरले मात्र पराजित भएका छन् । यसले धनकुटामा एमालेको जनमत नराम्ररी खस्केको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्