Logo
Logo

पोखरामा धनराजको अग्रता, २,७२० मतले पछि परे एमालेका कृष्ण थापा


2k
Shares

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाएका छन् । ५५ हजार २६७ मतगणना भइसक्दा उनले नेकपा एमालेका कृष्ण थापालाई २ हजार ७ सय २० मतान्तरले पछि पारेका छन् ।

आचार्यले २२ हजार ८५२ मत ल्याउँदा एमालेका उम्मेदवार थापाले २० हजार १३२ मत ल्याएका छन् । यसअघि ५२ हजार मतगणना हुँदा २ हजार ४९५ मतले आचार्य अगाडि थिए ।

यस्तै, उपमेयरमा यसअघि एमालेकी उपमेयर मञ्जुदेवी गुरुङ ९ मतले अगाडि थिए । तर, अहिले कांग्रेसकी कोपिला रानाभाटले मञ्जुलाई १ सय ४३ मतले पछि पारेका छन् । रानाभाटले २३ हजार १६४ मत ल्याउँदा गुरुङले २३ हजार २१ मत ल्याएकी छन् ।
मेयरमा राप्रपाका शंकर खरालले २ हजार ३०४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ३१२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्