Logo
Logo

वडा नं. २७ मा स्थापित र ८ मा सिर्जना अगाडि


29.2k
Shares

काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित अगाडि बढेका छन् । यो वडामा ३०० मतको गणना हुँदा स्थापितले फराकिलो अग्रता लिएका छन् ।

पछिल्लो विवरणअनुसार ३०० मतमध्ये स्थापितले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।

यस्तै, वडा नम्बर ८ मा गठबन्धनका साझा उम्मेदवार सिर्जना अगाडि छन् । यहाँ अहिले मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जनाले १९५ मतसहित अग्रता लिएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०÷१५० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्