Logo
Logo

विराटनगरमा ५०१७ मतले गठबन्धनको अग्रता


504
Shares

काठमाडौं । विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले मतान्तर फराकिलो पार्दै लगेका छन् । पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा कांग्रेसले ५०१७ को मतान्तरले बताएको छ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा कोइरालाले २० हजार ६३ मत प्राप्त गरेका छन् भने उनलाई प्छ्याइरहेका एमालेका सागरकुमार थापाले १५ हजार ४६ मत प्राप्त गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ६ हजार ३६९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने एमालेका शिल्पा निराला कार्कीले १७ हजार ३८७ मत ल्याएका छन् । गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १० हजार २२५ मत प्राप्त गरेका छन् ।

यस्तै, राप्रपाका विन्दाकुमारी लुईँटेल आचार्यले ४ हजार ६८१ र मत ल्याएका छन् । उपप्रमुखमा एमाले र जनता समाजवादी पार्टी बिचको मतान्तर ७ हजार १६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्