
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी विजयी भएका छन् ।
बुढाथोकी ७ हजार २ मत ल्याएर मेयर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईंले ६ हजार ८ सय ४९ मत ल्याए ।
उपमेयरमा भने एमालेकी हरीमाया घलान निर्वाचित भइन् । घलानले ६ हजार ८ सय ५५ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी पदमा मोक्तानले ५ हजार ३ सय २१ मत प्राप्त गरिन् ।
बुढाथोकी यसअघिको स्थानीय तह चुनावमा एमालेका प्रसाईंसँग पराजित भएका थिए । उक्त निर्वाचनमा प्रसाईले ६ हजार ५४ र बुढाथोकीले ५ हजार १ सय ८४ मत लयाएका थिए ।
यसपटक भने बुढाथोकीले बाजी मारेका हुन् ।











