Logo
Logo

एमालेकै गढमा पछि परे विजय


9.8k
Shares

काठमाडौं । भरतपुरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई झन् फराकिलो बनाएकी छन् । नेकपा (एमाले)को गढको रुपमा चिनिएको भरतपुर महानगरको ११ नम्बर वडामा शुक्रबार बिहानसम्म ५४ हजार ४२ मत गणना हुँदा रेनुले आफ्ना प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई ३ हजार ३१० मतले पछि पारेकी हुन् ।

रेनुले पछिल्लो मत परिणाम अनुसार २० हजार ४९२ मत प्राप्त गर्दा एमालेका सुवेदीले १७ हजार १८२ मत मात्रै पाएका छन् । अहिलेसम्म कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी फराकिलो मतले अगाडि छन् । उनले २२ हजार ९५२ मत प्राप्त गर्दा एमाले राप्रपा गठबन्धनबाट राप्रपाका हिमला गुरुङले १३ हजार ६४६ मत मात्र ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्