
काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो परिणमअनुसार उनले ११ हजार ३ सय ३९ मत ल्याएका छन् । अर्का प्रत्यासी कांग्रेसका किशोर राईले ९ हजार ८ सय ३० मत प्राप्त गरेका छन् । सुरुवाति गणनामा पछि परेका हर्कले बुधबारदेखि अग्रता लिइरहेका हुन्।
पछिल्लो गणनामा उनको अग्रता फराकिलो बन्दै गएको छ । धरानमा हालसम्म ३६ हजार ६४७ मत गणनाको परिणाम सार्वजनिक भएको छ ।
एमालेबाट मेयरकी प्रत्यासी मन्जु भण्डारीले ८ हजार ७१ मत प्राप्त गरेकी छन् । उपमेयरमा माओवादी केन्द्रका अईन्द्रविक्रम बेघाको अग्रता कायम छ ।
उनले ११ हजार ४ सय २१ मत र एमालेका पदम इस्बेले १० हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । १–१०, १२, १८, १९ र २० नं वडाको मत गणना सकिएको छ ।











