
काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार रेनु दाहालले ३ हजार २ सय ६७ मतको अग्रता लिएकी छन् ।
५५ हजार ६ सय ८० मतगणना गर्दा रेनुले २१ हजार ८५ मत पाएकी छन् । अर्का प्रत्यासी एमालेका विजय सुवेदीको १७ हजार ८ सय १८ मत छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको २३ हजार ४ सय ८७ र राप्रपाका हिमला गुरुङको १४ हजार १ सय ४४ मत छ ।











