Logo
Logo

ओलीको गृहनगरमा राप्रपा विजयी


2.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापा विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवार उनले एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । अन्तिम परिणामअनुसार थापाले १७ हजार ५ सय २५ र पौडेलले १६ हजार ९ सय ६६ मत पाए । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका रेगिना भट्टराई निर्वाचित भइन् ।

उनले १७ हजार ७२ मत पाइन् । निकटतम प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५ सय ७४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्