Logo
Logo

राजविराजको मेयर र उपमेयरमा जसपा विजयी


2k
Shares

राजविराज । सप्तरीको राजविराज नगरपालिकाको मेयरमा सप्तरीको राजविराज नगरपालिकाको मेयरमा जसपाका भीमराज यादव विजयी भएका छन् । अघिल्लो निर्वाचनमा १७ मतले पराजित भएका थिए ।

जसपाका यादवले निवर्तमान मेयर शम्भुप्रसाद यादवलाई ४ हजार ८ सय १७ मतान्तरले पराजित गरेका हुन् । मेयरमा निर्वाचित भीमराजले ९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

यस्तै, उनका प्रतिद्धन्द्वी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४ हजार ८ सय १७ मत पाए । मनोनयनको अघिल्लो दिनसम्म भीमराज र शम्भु जसपामै थिए । जसपा नेतृत्वले भीीमराजलाई टिकट दिने निर्णय गरेपछि निवर्तमान मेयर शम्भु पार्टी परित्याग गर्दे माओवादीबाट मेयरमा उम्मेदवार भएका थिए ।

यस्तै, यहाँ उपमेयरमा पनि जसपाकी इसरत परविण निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित इसरत परविणले ७ हजार २ सय ६४ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी काग्रेसका सुशिलादेवी यादवले ४ हजार ४ सय २७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्