Logo
Logo

कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने


315
Shares

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने विभिन्न सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि  शुल्क तिर्नुपर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने जानकारी गराएको हो ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १५ गतेदेखि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनबाट तोकिएको दरमा टोल शुल्क उठाइने भएको हो ।

आयोजनाले सवारीसाधनलाई चारवटा वर्गमा विभाजन गरी काठमाडौं प्रवेश र काठमाडौंबाट प्रस्थान गर्नेहरूको लागि फरक-फरक शुल्क निर्धारण गरेको छ :

वर्ग १ (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी):

काठमाडौँ प्रवेश: रु. ६५

काठमाडौँबाट प्रस्थान: रु. ६०

वर्ग २ (मिनी बस, मिनी टिपर-ट्रक):

काठमाडौँ प्रवेश: रु. ११५

काठमाडौँ बाट प्रस्थान: रु. ८०

वर्ग ३ (बस, ट्रक – सिंगल रियर एक्सल):

काठमाडौँ प्रवेश: रु. २६०

काठमाडौँ बाट प्रस्थान: रु. २००

वर्ग ४ (मल्टी एक्सल ट्रक÷सवारी साधन, भारी उपकरण):

काठमाडौँ प्रवेश: रु. ६००

काठमाडौँ बाट प्रस्थान: रु. २५०

प्रतिक्रिया दिनुहोस्