Logo
Logo

धरानमा स्वतन्त्र उम्मेदवार राईलाई २ हजार मतको अग्रता



काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।

उनले शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार १३ हजार ६३१ प्राप्त गरेका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मत अन्तरले अगाडि छन् ।

नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मतसहित पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत पाएका छन् ।

यस्तै , उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाको अग्रता छ । बेघाले १३ हजार ६६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १२ हजार ७५४ मत पाएका छन् ।

अहिलेसम्म ४३ हजार ५२२ मत गणना भइसकेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२,१ ४, १८ र १९ को मत गणना सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्