
काठमाडौं । धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर १० हजार ९९ सय ९७ मतको अग्रता लिएका छन् ।
बिहान साढे ७ बजेसम्म ५१ हजार ६५ मत गणना हुँदा हमालले २२ हजार ५ सय ४१ पाएका छन् । कांग्रेसका नृपबहादुर ओडले ११ हजार ५ सय ४४ल्याएका छन् । एमालेका रणबहादुर चन्दको ६ हजार ४ सय ३२ मत छ ।
यसैगरी उपमेयरमा एमालेका कन्दकला रानाले १० हजार ८ सय ८० मत ल्याएर अगाडि छन् । निकटतम प्रतिस्पर्धी माओवादीका शान्ति अधिकारी क्षेत्रीले १० हजार ७ सय ३ मत ल्याएर पछ्याइरहेकी छन् ।
अब यहाँको १४ हजार ६ सय ५० मत गण्ना हुन बाँकी छ ।











