
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रका जगबहादुर गुरुङ र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् ।
गुरुङ १३ हजार २ सय २२ मत ल्याएर निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्ररमण खनालले ६ हजार ७ सय ४९ मत ल्याए । उपमेयर दाहालले १० हजार ७ सय ६६ मत पाए ।
प्रतिस्पर्धी एमालेका रुपा सापकोटाल ७ हाजर २ सय ७४ मत ल्याइन् ।














