Logo
Logo

फोनिजका निवर्तमान सल्लाहकार गाउँपालिका प्रमुख निर्वाचित


2.6k
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का निवर्तमान सल्लाहकार गणेश चौधरी गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् । गणेश कैलालीको जानकी गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी गणेश ७१५१ मतसहित विजयी भएका हुन् । दुईदशकदेखि पत्रकारिता गर्दै आएको उनी पत्रकारिता छोडेर स्थानीय तह निर्वाचनमा होमिएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परशुराम महतौ (कठरिया) ५२४२ मतसहित पराजित भए ।

त्यस्तै उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया ६५६२ मतसहित निर्वाचित भएकी छन् । नेकपा एमालेका गीता चौधरी ४८५८ मतसहित पराजित भईन् ।

प्रतिक्रिया दिनुहोस्