Logo
Logo

कांग्रेसको भागमा परेका ७ मध्ये कलैया एमालेले खोस्यो, अरुको अवस्था के छ ?


3.2k
Shares

विनोदप्रसाद साह र राजेश राय यादव

काठमाडाैं । सत्ता गठबन्धनबीच ११ उपमहानगर बाँडफाँड हुँदा कांग्रेसको भागमा धनगढी, धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल र नेपालगन्ज उपमहानगरपालिका परेको थियो ।

यहाँ गठबन्धनले साझा उम्मेदवार लिएर चुनाव लडेका थिए । तर, यसमध्ये बाराको कलैया उपमहानगर एमालेले खोसेको छ । कलैयामा एमालेका उम्मेदवार विनोद साह २४ हजार १ सय ३९ मत ल्याएर बिजयी भए ।

निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश राय यादवले १८ हजार ५ सय ४० मत ल्याए ।
उपमेयर पनि एमालेकै रौशन परबिन १९ हजार २ सय ५१ मत ल्याएर निर्वाचित भइन् ।

निकटतम प्रतिद्वन्द्वी जसपाका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३ सय २ मत प्राप्त गरे ।
अघिल्लो चुनावमा जोसँग हारे अहिले उसैलाई हराए
यादव निवर्तमान मेयरसमेत हुन् । अघिल्लो निर्वाचनमा यादव उनै साहलाई हराएर मेयर निर्वाचित भएका थिए । त्यसबेला यादवले १० हजार ९ सय ३ र साहले १० हजार ७ सय १६ मत ल्याएका थिए ।

आफ्नो भागमा परेका धरान, धनगढी, तुलसीपुर उपमहानगरमा कांग्रेस पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस्