
काठमाडौं । धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारीराम यादव निर्वाचित भएका छन् ।
यादवले ४ हजार २ सय १२ मत ल्याए । प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर शाहले ४ हजार ७६ मत पाए ।
उपमेयरमा पनि माओवादीकै रहिमा खातुन ४ हजार ६ सय ९९ मतका साथ निर्वाचित भएकी छन् ।
कांग्रेसकी किरण कुमारी कापरले ३ हजार ६ सय ४ मत ल्याएर दोस्रो भइन् ।














