Logo
Logo

काठमाडौंमा अझै ५१ प्रतिशत मत गन्न बाँकी



काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । उनले शनिबार दिउँसो २ बजेसम्म मतपरिणाअनुसार ३५ हजार १ सय ३० मत पाएका छन् ।

तर, काठमाडौं महानगरपालिकामा अझै ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

जसमा शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मतमात्रै गणना भएको छ । यसअघिको निर्वाचनमा नेकपा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी छ । आयोगको भनाइअनुसार अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ ।

९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वडा कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।

शनिबार दिउँसो २ बजेको मतपरिणामअनुसार स्थापितलाई उछिनेर सिर्जनाले अग्रता लिएकी हुन् । एमालेका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएका छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्