Logo
Logo

धनराजको अग्रता रफ्तार कायमै, एमाले ३ हजारभन्दा धेरै मतले पछि


9k
Shares

पोखरा । स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३ हजार २७२ मतको अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ८ बजे जारी गरेको अद्यावधिक मत परिणाम विवरणानुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी आचार्याले अग्रता कायम राखेका हुन् ।

यसैगरी मेयरका प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापा ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइ रहेका छन् ।
उपमेयर पदमा भने नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएका छन् ।

गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता लिँदा निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ३७ हजार ५४५ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यसमा नेपाली कांग्रेसले १४ वडामा जीत हासिल गरेको छ भने एमालेले छ वडा जितेको छ ।

गत वैशाख ३१ गतेदेखि पोखराको मतगणना सुरु भएकामा हालसम्म नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको छ । नेकपा (एमाले)ले वडा नं १, ५, ६, ८, १५ र २० मा विजयी भएको छ ।

पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । अहिले पोखराका वडा नं १०, ११, १६, १७, १८, १९, २९, ३० र ३१ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्