Logo
Logo

काठमाडौंमा स्थापित पछि परे, सिर्जना दोस्रोमा उक्लिईन्


4.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबार बिहानसम्म १ लाख मतगणना सकिएको छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नै अग्रता लिइरहेका छन् ।

लगातार दोस्रो स्थानमा रहँदै आएका एमाले उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा झरेका छन् । कांग्रेसका सिर्जना सिंह दोस्रोमा उक्लिएकी छन् ।

बालेन शाहले ३८ हजार ३३३ मत पाउँदा सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन् । स्थापितले २१ हजार ८ मत पाएका छन् ।

राप्रपाका मदन दास श्रेष्ठ १ हजार ७१६ मतका साथ चौथो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार सुमन सायमी १ हजार २९३ मतका साथ पाँचौं स्थानमा छन् । साझा विवेकशील पार्टीकी समीक्षा बास्कोटाले अहिलेसम्म २१७ मत पाएकी छन् ।

काठमाडौं महानगरपालिकामा मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्र महर्जनले ३२ मत पाएका छन् । उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्माचार्यले भने १२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्