
काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् ।
२५ वर्षीय विद्दानन्दले २ हजार ८ सय ९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत पाए ।
उपाध्यक्षमा माओवादी केन्द्रकी राजु देवी यादव २ हजार ४ सय ७२ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १ हजार ५ सय ९५ मत पाइन् ।











