
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्काले ८ सय ११ मतको अग्रता लिएका छन् ।
उनले १५ हजार ४ सय ५ मत ल्याएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत ल्याउनुभएको छ । उपप्रमुखमा पनि एमालेको अग्रता छ ।
एमालेका स्यानी चौधरीले १४ हजार ६ सय १५ मत र नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत प्राप्त गरेका छन् ।











