काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायमै राखेका छन् । उनी आफ्नो प्रतिस्पर्धीभन्दा ७६१६ मतले अग्रता लिएकी छन् ।

आइतबार बिहानको मतगणना गणनाअनुसार रेनु दाहालले ३५५९५ मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुबेदील २७९७९ मत पाएका छन् । यस्तै, स्वतन्त्र मेयरका उम्मेदवार जगन्नाथ कोइरालाले ११९२७ मत पाएका छन् ।
यस्तै, उपमेयरतर्फ नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिरकारीले पनि फराकिलो मतान्तर बनाएका छन् । उनले हालसम्म ३७७४२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले २२१२२ मत पाएका छन् ।











