Logo
Logo

४५ प्रतिशत मत गन्न बाँकी हुँदा बालेनले पाए ३९५१५ मत


3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार अहिलेसम्म मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् ।

बालेनले अहिलेसम्म ३९५१५ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा ठगबन्धनका तर्फबाट नेपाली काग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठले २२ हजार २७० मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म २१ हजार ७७५ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदन दास श्रेष्ठले १७९६ मत पाएका छन् भने विवेकशील साझाका समीक्षा अधिकारीले अहिलेसम्म ४१५ मत पाएकी छन् । अर्का स्वतन्त्र मेयरका उम्मेदवार सुमन सायमीले १२९३ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेका सुनिता डंगोलले ३८ हजार ३५१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन् ।

यस्तै, उपमेयमै राप्रपाका उम्मेदवार विनिता मगैयाले ७ हजार २३ मत पाएको पौडेलका छन् । अझै काठमाडौंमा ४५ प्रतिशतको हाराहारीमा मतगणना हुन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्