Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?



काठमाडौं । नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू—भागमा आंशिकदेखि सामान्यता सफा रहेको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछन । देशका केही स्थानहरूमा र मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्