Logo
Logo

भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक



काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका रेनु दाहाल र उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित निश्चित जस्तै भएको हो ।

अब महानगरमा २१ हजार ६ सय १४ मत गन्न बाँकी छ । रेनु एमालेका विजय सुवेदीभन्दा ९ हजार ९ सय ३० मतले अगाडि छन् । रेनुले ४३ हजार ७ सय ४३ र विजयले ३३ हजार ८ सय १३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलको १३ हजार ३ सय ७७ मत छ । यस्तै अधिकारी राप्रपाका हिमला गुरुङभन्दा १८ हजार ३ सय २५ मतले अगाडि छन् । उपमेयरमा अधिकारीले ४५ हजार ७४ र गुरुङले २६ हजार ७ सय ४९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्