
काठमाडौं । भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ ।
९ सय १२ मत मात्रै गणना हुन बाँकी रहँदा मेयरमा रेनु दाहाल निर्वाचित भइसकेकी छन् । पछिल्लो परिणामअनुसार रेनु निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीभन्दा १२ हजार २ सय ९० मतले अगाडि छन् ।
त्यसैले रेनुको जित निश्चित भएको हो । रेनुले ५१ हजार ६ सय ३३ र विजयले ३९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी पनि निर्वाचित भइसकेका छन् । उनले ५२ हजार ४ सय २१ मत पाएका छन् ।
राप्रपाकी हिमला गुरुङको ३० हजार ४ सय ७७ मत मात्र छ । केहीबेरमै अन्तिम परिणाम सार्वजनिक हुने बताइएको छ ।











