Logo
Logo

पोखरामा धनराजलाई ४८ सय मतको अग्रता


1.5k
Shares

काठमाडौं । पोखरा महानगरमा मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४ हजार ८ सय ९२ मतको अग्रता लिएका छन् ।
१ लाख ३४ हजार ३५१ मतगणना हुँदा उनले ५४ हजार ६ सय ७८ मत पाएका छन् । मेयरका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७ सय ८६ मत पाएका छन् ।
उपमेयरमा एमालेका मञ्जुदेवि गुरुङले ५६ हजार ९ सय ६६ मतसहित अग्रता लिइरहेकी छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका कोपिला रानाभाटले ५२ हजार ९ सय ५९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्