काठमाडौं । सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको बताएकाछे । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा बताएका हुन् ।

नीति कार्यक्रममा भनिएको छ– ‘वर्तमान सरकारले छिमेकी र सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ। प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण, भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण र चीनका विदेश मन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको छ ।’
त्यस्तै, ल्हास्कोमा सम्पन्न जलवायु परिवर्तनसँग सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ मा प्रधानमन्त्रीको नेतृत्वमा सहभागी भई नेपालले जलवायु परिवर्तनमा महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको भनिएको छ ।











