काठमाडौं । सरकारले २०८९ भित्रै नेपालले दिगो विकासको लक्ष्य प्राप्त जनाएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो जनकारी दिएका हुन् । उनले भने, ‘२०८९ भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको छ ।’
सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नती हुने सरकारको भनाइ छ । स्तरोन्नतीको प्रभाव व्यवस्थापन गर्न थप कार्ययोजना ल्याइने नीति तथा कार्यक्रममा भनिएको छ ।











