काठमाडौं । सरकारले राष्ट्रिय गौरव र रणनीतिकबाहेकका सबै आयोजना प्रदेशलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
प्रदेश र स्थानिय तहमा वस्तुगत आधारमा वित्तीय हस्तान्तरण गर्ने योजना अनुसार राष्ट्रिय गौरव र रणनीतिकबाहेकका सबै आयोजना प्रदेशलाई हस्तान्तरण गर्ने घोषणा गरिएको हो ।
सरकारले पूर्व तयारी नभएका र राष्ट्रिय योजनाबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन गर्ने नीति लिएको छ ।











