काठमाडौं । सरकारले सुर्खेतको भेरिगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
यसैगरी देशका विभिन्न ठाउँका टर्मिनललाई आधुनिक बनाइने पनि सरकारको नीति छ । चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढीमा सुविधाजनक टर्मिनल निर्माण गरिने बताइएको छ।











