Logo
Logo

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने


504
Shares

काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । ष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

‘विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने भनिएको छ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने सरकारको नीति छ ।

प्रतिक्रिया दिनुहोस्