Logo
Logo

‘श्रम अडिट’ अनिवार्य


567
Shares

काठमाडौं । सरकारले बाल श्रम रोक्नका लागि सरकारी र निजी प्रतिष्ठानहरूमा ‘श्रम अडिट’ अनिवार्य गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम साविजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा भनिएको छ– ‘संघ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्र समेतको समन्वय, सहकार्यमा बाल श्रमिकको उद्धार, पुनःस्थापना र पुनर्मिलन कार्यक्रम सञ्चालन गरिनेछ सबै सरकारी र निजी प्रतिष्ठानहरूमा श्रम अडिट गर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ ।’

सरकारले सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्दै लैजाने नीति पनि लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्