काठमाडौं । सरकारले बाहिरी चक्रपथ निर्माणलाई अघि बढाउने तयरी गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बाहिरी चक्रपथ निर्माणलाई अघि बढाउने जानकारी दिएका हुन् ।
डेढ दशकदेखि चर्चामा रहेको काठमाडौँ उपत्यकाका तीन जिल्लामा फैलने बाहिरी चक्रपथको योजनाले अझै कार्यान्वयनको रुप भने पाउन सकेको छैन ।











