काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रम हावादारी रहेको टिप्पणी गरेका छन् ।
मंगलबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम हावादारी भएको टिप्पणी गरेका हुन् ।
उनले भने ,‘लेख्न चाहिं सबै लेखेको छ । छुटेको केही छैन । तर यो कार्यान्व्यन हुन २५ खर्ब लाग्छ । अनि यो हावादारी हैन त । ’











